महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व चतुर्थी - ४

आयोगसँग एसियाली विकास बैँकका प्रतिनिधिहरुको छलफल सम्पन्न

आयोगसँग एसियाली विकास बैँकका प्रतिनिधिहरुको छलफल सम्पन्न

एसियाली विकास वैँक (ADB) का प्रतिनिधिहरु र आयोगका अध्यक्षबीच खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण सम्वन्धी एक छलफल कार्यक्रम सम्पन्न भएको छ। आयोगका अध्यक्ष एवम् कर्मचारीहरु र बैँकका प्रतिनिधिहरुबीच आयोगको कार्यालयमा भएको उक्त छलफलमा बैँकका प्रतिनिधिहरुले खानेपानी तथा सरसफाइ क्षेत्रमा वैँकको महत्वपूर्ण लगानी रहेको र उक्त क्षेत्रको वित्तीय सक्षमता सुदृढीकरणमा आयोगको समेत महत्वपूर्ण भूमिका रहेको वताएका थिए । साथै प्रतिनिधिहरुले बैँकबाट नेपाल सरकारसँग नीतिमा आधारित ऋण अन्तर्गतको परियोजना सञ्चालन हुन लागेको वताउँदै खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत सुधार, व्यवस्थापकीय कार्यदक्षता एवम् वित्तीय स्वास्थ्य लगायतका विषयमा आयोगको विशेष भूमिका रहेको समेत जनाएका थिए। आयोगका अध्यक्ष श्री रुद्र प्रसाद गौतमले आयोगले कानून बमोजिमको क्षेत्राधिकारभित्र रहेर खानेपानी तथा सरसफाइ सेवा प्रदायकले सेवा प्रदान गरेबापत प्राप्त गर्नुपर्ने महसुल तथा सेवा शुल्क तोक्न आयोग हरदम तयार रहेको र उपभोक्ता हित एवम् संस्थाको वित्तीय स्वास्थ्य लगायतका कानूनले तोकेका आधारहरुलाई मध्यनजर गरी महसुल निर्धारण हुने वताउनुभएको थियो। आयोगले सेवा प्रदायक संस्थाहरुको सञ्चालन कार्यदक्षता, चालु खर्च कटौती तथा प्रभावकारी सेवा प्रवाहका लागि पहल गरिरहेको समेत जानकारी गराउनुभएको थियो।