वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व चतुर्थी - ४
खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को नियम ३७ को (ख) अनुसार थोक खानेपानी खरिद–विक्रीको दर निर्धारण गर्ने र सोही नियमको (ग) बमोजिम ट्याङ्कर तथा बोतल पानीको अधिकतम बिक्री मूल्य निर्धारण गर्ने अधिकार प्रदान गरिएको छ।
यसै सन्दर्भमा आयोग अन्तर्गत गठित समितिका संयोजक श्रीमान् सदस्य ई. श्री कुलभूषण शेखर शर्माज्यूले विभिन्न बोतल तथा जारपानी व्यवसायी महासङ्घका अध्यक्ष तथा अन्य कम्पनीका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्नुभयो।
उक्त छलफल कार्यक्रममा आयोगका श्रीमान् अध्यक्ष ई. श्री रुद्र प्रसाद गौतमज्यू तथा श्रीमान् सदस्य श्री यसोदा कार्कीज्यू समेतको उपस्थिति रहेको थियो संयोजक शर्मा ज्यूले सबै सरोकारवालाहरुसँग निरन्तर संवाद गर्दै जाने र साझा निष्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको भनाइ अनुसार, मूल्य निर्धारणको प्रक्रिया पारदर्शी, न्यायसंगत र सबै पक्षलाई समेट्ने गरी अघि बढाइनेछ।
-सचिवालय